काठमाडौं । नेकपा एमालेले संघीय संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको ‘कानेखुसी’ र व्यवहारलाई संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीको व्यवहार अस्वाभाविक र असंसदीय भएको भन्दै एमाले सांसदहरूले आपत्ति जनाएका हुन् ।

advertisement

सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संयुक्त बैठकको दौरान अगाडि बसेर संवाद गरेको दृश्य संसद्को गरिमा विपरीत भएको दाबी गर्दै सो अंश रेकर्डबाट हटाउन माग गरे । उनका अनुसार यस्तो व्यवहार भविष्यका लागि गलत नजिर बन्न सक्ने भएकाले संसद् सचिवालयले सच्याउनुपर्ने आवश्यकता छ ।

साथै उनले प्रधानमन्त्रीको पोशाकलाई लिएर पनि प्रश्न उठाएका छन् । राष्ट्रिय महत्वका औपचारिक बैठकमा राष्ट्रिय पोशाकको पालना हुनुपर्ने वा नपर्ने भन्ने विषयमा सभामुखमार्फत रुलिङ माग गरिएको उनले बताए ।

एमाले सांसदहरूले संसद्को मर्यादा र परम्पराको पालनामा ध्यान दिनुपर्ने भन्दै यस विषयमा स्पष्ट निर्देशन आवश्यक रहेको जोड दिएका छन् ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com