काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा सम्बोधन गर्ने भएका छन् ।
उनको सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधनका लागि समय माग गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए । चैत १२ गते बसेको संसदको पहिलो बैठकमा भने उनले सम्बोधन गरेका थिएनन् ।
हालसम्मको नतिजाअनुसार निर्वाचनमा विजयी हुने प्रचण्ड एक मात्र पूर्वप्रधानमन्त्री हुन् ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया