काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा स्थिति तनावग्रस्त बनेको छ । सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।

स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सडकमा टायर बालेर प्रदर्शन गरेका छन् भने ‘बालेन शाह मुर्दावाद’ को नारा लगाएका छन्।

advertisement

प्रदर्शनकारीको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

एसपी पाण्डे समेत घाइते भएका छन् । ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।

सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

 

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com