काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधिसभाको कार्यसूची सहज रूपमा अघि बढाउने विषयमा विपक्षी दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को संसद्मा उपस्थितिको माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

advertisement

बैठक स्थगनपछि उत्पन्न गतिरोध अन्त्य गर्दै सदन सञ्चालनलाई नियमित बनाउने उपाय खोज्न सभामुखले विपक्षी नेताहरूसँग संवाद थालेका हुन्।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com