काठमाडौं। प्रमुख प्रतिपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि प्रतिनिधिसभाको बैठक बुधबार तेस्रो पटक बसेर पनि स्थगित भएको छ।
केहीबेरअघि बसेको बैठक कार्यसूचीअनुसार छलफलमा प्रवेश नै नगरी स्थगित गरिएको हो।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानमा उठेर प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विरोधमा उत्रिएका थिए।
उनीहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्रीकै उपस्थितिमा हुनुपर्ने अडान दोहोर्याएका थिए।
सदनको अवरोध हटाउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
अब प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने तय भएको छ।
आजका लागि निर्धारण गरिएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफल बिहीबारका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया