काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म आफ्नो विरोध जारी राख्ने स्पष्ट चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै अनुपस्थित रहिरहेमा सदन अवरोध जारी रहने बताएका हुन् ।

advertisement

सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै उनले संसद्को गरिमा जोगाउन सक्रिय भूमिका खेल्न आग्रह गरे । ‘तपाईं सदनको अभिभावक र संरक्षक हो, यस विषयमा गम्भीर बन्नु आवश्यक छ,” राईले भने, “यदि प्रधानमन्त्री उपस्थित हुनुभएन भने हाम्रो विरोध निरन्तर जारी रहनेछ ।’

राईले प्रधानमन्त्रीको अनुपस्थितिलाई गम्भीर विषयका रूपमा उठाउँदै यसले संसदीय अभ्यासप्रति उदासिनता झल्काउने टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसद् जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र होइन, यो संसदीय व्यवस्थाप्रतिको बेवास्ता पनि हो ।’

साथै, उनले सत्तापक्षका सांसदहरूले यस विषयलाई सामान्य बनाउने प्रयास गरिरहेको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com