काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा प्रयोग गरेका केही शब्दहरू संसदीय अभिलेखबाट हटाइएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले गत वैशाख २९ गतेको बैठकमा पराजुलीले बोलेका आपत्तिजनक अभिव्यक्तिहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

advertisement

सभामुखका अनुसार, पराजुलीले प्रयोग गरेका ‘भरौटेहरू’ तथा ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने शब्दहरू संसदीय मर्यादाविपरीत ठहर गर्दै रेकर्डबाट हटाइएको हो ।

उक्त अभिव्यक्ति हटाउन नेकपा एमालेका सांसद ऐन महरले अघिल्लो दिन बसेको बैठकमा माग गरेका थिए । त्यसैको आधारमा सभामुखले आवश्यक निर्णय लिएको बताएका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com