काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरले पूर्वतयारीबिना थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजेकोप्रति टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विकल्प र क्षतिपूर्तिबिना सुकुम्बासी बस्तीमा डोजर लगाएर कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने टिप्पणी गरेका छन् ।

बस्नेतले लेखेका छन्, ‘कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुदैन । म फेरी पनि भन्छु उचित समय बिना विकल्प र बिना क्षतिपूर्ति, गरिब, सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि विचरा नगर प्रहरीहरु घाइते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुँदैन ।’

उनले निर्वाचनको परिणामा अन्तिम चरणमा हुँदै गरेको र नयाँ सरकार बन्ने अवस्थामा भएको यस किसिमका हर्कत कसैको स्वार्थपूर्तिका निम्ति भइरहेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com