काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली र पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका छन् ।

advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मधुसुदनले ग्रिस पठाइदिने भन्दै २३ लाख रुपैयाँ र प्रकाशले यूएई पठाइदिने भन्दै ३ लाख रुपैयाँ लिएर विदेश नपठाई सम्पर्कविहीन भएका थिए ।

उजुरीपछि उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपर्न तथा आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । साथै, कुनै व्यक्ति वा संस्थाबाट ठगी भएको आशंका लागेमा तुरुन्त प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिन अनुरोध गरेको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com