काठमाडौ ।  नख्खु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

बैतडीको पुर्चाैंडी नगरपालिका–७ काफलीका ४७ वर्षीय नरेन्द्रसिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

advertisement

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान २ः५० बजे घरबाटै नियन्त्रणमा लिएको हो।

रतोकी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागार बाट भागेका थिए। उनलाई जबर्जस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सुनाइएको थियो। पक्राउ परेका रतोकीलाई डडेल्धुरा कारागारपठाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com