काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा आयोजना हुने बताइएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे विस्तृत छलफल गरिनेछ। साथै, फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा पनि बैठकको मुख्य एजेन्डा रहनेछ।
निर्वाचनमा अपेक्षाअनुसार नतिजा आउन नसकेको भन्दै पार्टीभित्र नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाजसमेत उठ्दै आएको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया