काठमाडौं । राप्तीसोनारी गाउँपालिका–३ स्थित जंगलमा बाख्रा चराउन गएका पाँच महिलामाथि अज्ञात समूहले कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ ।
शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँकी ५५ वर्षीया बिसमति थारु, ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूको करिब डेढ तोला सुन लुटिएको छ । आक्रमणपछि घाइते भएका सबै महिलालाई उद्धार गरी राप्ती सोनारी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरूलाई नेपालगञ्जस्थित संजिवनी अस्पताल पठाइएको छ, जहाँ अहिले उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा ८ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूलाई राप्तीसोनारी र नरैनापुर क्षेत्रको जंगलबाट नियन्त्रणमा लिइएको हो ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया