काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारप्रति कडा असन्तुष्टि जनाउँदै निरन्तर विरोध गर्ने चेतावनी दिएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई उचित व्यवस्थापनबिना विस्थापित गर्ने कार्यको विरोधमा आफू दृढतापूर्वक उभिने बताएका हुन्।
उनले सरकारले डोजर प्रयोग गरी बस्ती हटाउने कार्यलाई ‘आतङ्क’को संज्ञा दिँदै, आफूलाई जेसुकै आलोचना वा गाली आए पनि यस्तो कदमको विरोध नरोकिने स्पष्ट पारे।
सरकारले वैकल्पिक व्यवस्था नगरी सुकुमबासी बस्तीमा डोजर चलाएको भन्दै साम्पाङ असन्तुष्ट देखिएका छन्।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया