काठमाडाैं । कर्णाली प्रदेशको विकास माग गर्दै एक जनप्रतिनिधि नै सडकमा उत्रिन बाध्य भएका छन्।
सल्यानको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन्। उनी झुल टाँगेर रातभर धर्नामा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
वडाध्यक्ष मित्रलाल रिजाल ले घुईयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्नति तथा कालोपत्रे, टेलिकम टावर निर्माण र विद्युत विस्तारजस्ता माग राखेका छन्।
उनका अनुसार लामो समयदेखि सम्बन्धित निकायले माग बेवास्ता गर्दै आएकाले बाध्य भएर धर्नामा बस्नुपरेको हो।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया