काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले देशमा चर्चित बनेका ६५ वटा ठूला भ्रष्टाचार तथा अनियमिततासम्बन्धी प्रकरणहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि ठोस तथा कडाइका साथ कदम चाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्।
सांसद ज्ञानेन्द्र शाहीले विशेषगरी ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड र वाइडबडी विमान खरिद काण्ड लगायतका बहुचर्चित काण्डहरू समेटेर समग्रमा ६५ प्रकरणको गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन्।
देशमा भएका यस्ता ठूला भ्रष्टाचारका घटनामा संलग्न मुख्य दोषीहरूलाई कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गर्दै उनले न्याय र उत्तरदायित्व सुनिश्चित गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया