काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा व्यक्त गरेको भनाइप्रति कडा आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ध्रुव राईले बाँदरका कारण किसान तथा सर्वसाधारणलाई धेरै समस्या भएको भन्दै नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने धारणा राखेका थिए।
उनले बाँदर मार्न पाउनुपर्नेसमेत संकेत गर्ने अभिव्यक्ति दिएका थिए।
उनले संसदमा भनेका थिए, “आज धेरै माननीय सदस्यहरूले विषय उठाउनुभयो। बाँदर र बदेलले जनतालाई दुःख दिइरहेका छन्।
यसको समाधानका लागि के नीति बनाइँदैछ ? राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री भएर मात्र बस्ने होइन, बाँदरलाई सलामी दिनुपर्छ।
नभए यसले जनतालाई धेरै दुःख दिइरहेको छ।”
यस भनाइप्रति आपत्ति जनाउँदै सांसद आशिका तामाङले उक्त अभिव्यक्ति अस्वीकार्य भएको बताएकी छन्।
उनले संसदमै उठेर त्यस भनाइलाई फिर्ता लिनुपर्ने माग गरेकी हुन्।
उनले बाँदरलाई मार्न पाउनुपर्ने भन्ने विचार मात्र नभई “सलामी दिनुपर्छ” भन्ने शब्द प्रयोगसमेत अनुचित भएको बताउँदै त्यस्ता अभिव्यक्ति पूर्ण रूपमा हटाइनुपर्ने धारणा व्यक्त गरेकी छन्।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया