काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षण (बायोमेडिकल प्रणाली) बापत लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ।

दूतावासले सोमबार सार्वजनिक सूचना जारी गर्दै सन् २०१८ मा नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीपत्रलाई स्मरण गराउँदै यस्तो स्पष्टोक्ति दिएको हो।

advertisement

उक्त समझदारीअनुसार मलेसिया जाने नेपाली कामदारको भर्ना, रोजगारी र स्वदेश फिर्तीसम्मका प्रक्रियासँग सम्बन्धित व्यवस्था उल्लेख गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार मलेसिया जाने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल प्रणालीअन्तर्गत नेपालमा ३६ वटा स्वास्थ्य केन्द्र तोकिएका छन्।

यस प्रक्रियामा नेपाल सरकारले लिने शुल्कबाहेक मलेसिया सरकारले सेवा शुल्कबापत तीन हजार रुपैयाँ तोकेको छ।

दूतावासका अनुसार उक्त स्वास्थ्य परीक्षणसँग सम्बन्धित सम्पूर्ण खर्च मलेसियाली रोजगारदाताकै जिम्मेवारी हुने व्यवस्था समझदारीपत्रमै स्पष्ट रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी, नेपालमा बायोमेडिकल प्रणालीको व्यवस्थापन, शुल्क संकलन तथा वैधानिक रूपमा रकम स्थानान्तरण गर्ने प्रयोजनका लागि ‘म्याक्रो टेक प्रा.लि.’ र ‘बेस्टिनेट एसडीएन बीएचडी’ लाई आधिकारिक रूपमा जिम्मेवारी दिइएको दूतावासले जनाएको छ। यी संस्थाहरूले दुई देशबीच भएको सहमतिअनुसार नै आफ्नो कामकाज सञ्चालन गरिरहेको पनि सूचनामा उल्लेख छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com