काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण आफूलाई जिम्मा दिन आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथि छलफल गर्दै उनले यस्तो जिम्मेवारी पाए श्रमदानमार्फत नै जलेका संरचनाहरू पुनःनिर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरे।
साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित अन्य विभिन्न क्षेत्रका विकास निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया