काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले विश्वविद्यालयको कार्यसञ्चालनका लागि उपकुलपतिको जिम्मेवारी दिइएकाहरूलाई दीर्घकालीन निर्णय नगर्न निर्देशन दिएका छन् ।

विश्वविद्यालयको कामकाज र योजनाबारे भएको अन्तरक्रियामा मन्त्री पोखरेलले परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिएका हुन् ।

advertisement

उपकुलपति नियुक्तिका लागि आठवटा  विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढेको छ । अरू विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने जनाइएको छ ।

सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी उपकुलपति छनोट प्रक्रिया सुरु गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com