काठमाडौं । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो विरोधलाई आज पनि निरन्तरता दिएको छ ।
पार्टीका सांसदहरू अध्यक्ष हर्क साम्पाङ सहित बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका छन् ।
सभामुखले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भइसकेको बताउँदै आश्वासन दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानमा बसेका थिए । त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढाइएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया