काठमाडौं । स्थानीय बजारमा मंगलबार (जेठ ५) सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य  सोमबार (जेठ ४) प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य आजका निम्ति तोलाको दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

advertisement

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आजका निम्ति प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ ।

  • रासस

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com