काठमाडौं। प्रतिनिधिसभा बैठक मंगलबार १५ मिनेटका लागि स्थगित गरिएको छ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको विषय उठेपछि बैठक अवरुद्ध भएको हो।
विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री बैठकमा उपस्थित नभएसम्म बजेटसम्बन्धी छलफल अघि नबढाउने अडान राखेपछि संसदमा अवरोध सिर्जना भएको थियो।
सांसदहरूको मागपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
बैठक पुनः सुरु हुने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया