काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अनुपस्थितिप्रति कडा आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा अर्थमन्त्री अनिवार्य रूपमा उपस्थित रहने संसदीय अभ्यासलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

advertisement

सिंहले परम्परा तोड्ने नाममा सरकारले स्थापित मूल्य र मान्यतामाथि प्रहार गरिरहेको आरोप लगाए । उनका अनुसार संसद्‌मा बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीको उपस्थितिलाई अनिवार्य मानिने प्रचलन रहेको छ, जसलाई कायम राख्नु सरकारको दायित्व हो ।

‘बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री उपस्थित रहने परम्परा थियो, तर अहिले त्यो नै तोडिएको छ,’ उनले भने, ‘यदि यस्ता अभ्यासहरू निरन्तर तोडिँदै गए भने संसद्को औचित्य नै कमजोर बन्न सक्छ र संसदीय प्रणाली प्रभावित हुन्छ ।’ नयाँको नाम सबै भत्काउने होइन । सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ । मन्त्री पद पनि भत्काऔँ । सबै चिज चेन्ज गरौँ न । किनकी जति व्यस्त भएपनि त्यो औचित्यपूर्ण हुनुपर्छ के । अति भएपछि बोल्न बाध्य भए । त्यही भएर बोलेको हो ।’

उनले आफू लामो समयदेखि संसद्‌मा रहँदै आएको अनुभव सुनाउँदै बजेट विनियोजन विधेयकमाथि छलफल हुँदा अर्थमन्त्री अनुपस्थित भएको घटना पहिलो पटक देखेको बताए ।

सिंहले सरकारलाई संसद्‌प्रति जिम्मेवार बन्न आग्रह गर्दै बजेट निर्माण तथा छलफलजस्ता संवेदनशील विषयलाई हल्का रूपमा नलिन चेतावनी दिए । उनले यस्ता प्रवृत्तिले लोकतान्त्रिक प्रणालीमै नकारात्मक असर पार्ने भएकाले सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com