काठमाडौं । विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरमा नक्कली ब्राण्डेड मदिरा उत्पादन भइरहेको सूचनापछि सशस्त्र प्रहरीले छापा मारेको छ। छापाका क्रममा रेड लेबल, ब्ल्याक लेबललगायत महँगा ब्राण्डका नक्कली मदिरा ठूलो परिमाणमा बरामद गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार विर्खबहादुर तामाङको घरमा अवैध रूपमा मदिरा उत्पादन भइरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरू रामेछापका मनोज खत्री, विनोद तामाङ, विवेक तामाङ तथा सिन्धुपाल्चोकका छिदेन निमा तामाङ रहेका छन्।
घटनास्थलबाट मदिरा उत्पादनमा प्रयोग हुने केमिकल, उपकरण, राजश्व स्टिकर र होलोग्रामसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मदिराको परिमाण ठूलो भएकाले यकिन विवरण आउन बाँकी रहेको बताइएको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया