काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे गम्भीर छानबिन हुनुपर्ने बताएकी छन्।

तामाङले सामाजिक सञ्जालमार्फत पार्टीभन्दा माथि उठेर सत्यको पक्षमा उभिनुपर्ने धारणा व्यक्त गर्दै महिलाको अस्मिता र मातृत्व संवेदनशील विषय भएको उल्लेख गरेकी छन्।

advertisement

उनले लेखेकी छन्, देखिएका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सार्वजनिक रूपमा आएका विषयहरूको निष्पक्ष अनुसन्धान हुन आवश्यक छ। गलत भएमा गलत भन्नु नै सबैको जिम्मेवारी भएको उनको भनाइ छ।

हाल एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको र आफू गर्भवती भएपछि बेवास्ता गरिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो र प्रमाण सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com