काठमाडौं । मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएपछि सर्वोच्च अदालतभित्र वरिष्ठताको क्रम परिवर्तन भएको छ। यससँगै न्यायाधीश कुमार रेग्मीको वरिष्ठतम् न्यायाधीशको हैसियत समाप्त भएको छ भने न्याय परिषद् सदस्यका रूपमा रहेको उनको पद पनि गुमेको छ।

यसअघि कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत सपना प्रधान मल्ल न्याय परिषद्को सदस्य थिइन् भने वरिष्ठतम् न्यायाधीशको हैसियत रेग्मीसँग रहेको थियो। तर मंगलबारदेखि मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीबाट मुक्त भई पुनः वरिष्ठतम् न्यायाधीशको भूमिकामा फर्किएकी छन्।

advertisement

कामु प्रधानन्यायाधीश पदबाट हटेपछि सर्वोच्च अदालत प्रशासनले न्यायाधीश मल्लका लागि एनेक्स भवनको तेस्रो तलामा नयाँ कार्यकक्ष (चेम्बर)को व्यवस्था गरेको जनाएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com