काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासमा प्रसाईं पक्षका कानुन व्यवसायीहरूको बहस सकिएपछि आदेश तयारीको चरणमा पुगेको अदालतले जनाएको छ।

advertisement

प्रसाईंलाई सोमबार (जेठ ४) वीरगञ्ज स्थित दियालो होटलबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई नियन्त्रणमा लिएर हाल हिरासतमा राखेको छ।

उनको रिहाइको माग गर्दै अधिवक्ता आशिष लुइटेलले बुधबार (जेठ ५) सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। रिटमा प्रसाईंलाई आधार र कारणबिना गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।

प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल’ का संयोजक समेत हुन्।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com