काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले काँग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले मतदाताले आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिए । मन्त्री कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका छन् । उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए ।

‘मैले धेरै काम गरेको छु । त्यसैको आधारमा विजय गराउनुभएको छ’ मन्त्री कार्कीले भने । विजयपछि पनि उनले मतदातासँग यस क्षेत्रमा गर्नुपर्ने कामको विषयमा सुझाव लिने बताए ।

 

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com