न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।
लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार हुने ब्रेन्ट क्रुड आयल फ्युचर्स ८८ सेन्टले घटेर प्रतिब्यारेल ११० डलर ४० सेन्टमा पुगेको छ ।
त्यस्तै, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (WTI) ६७ सेन्टले घटेर प्रतिब्यारेल १०३ डलर ४८ सेन्ट कायम भएको छ ।
विश्लेषकहरूका अनुसार युद्धसँग सम्बन्धित भू–राजनीतिक तनाव केही कम हुने संकेत देखिएपछि लगानीकर्ताहरूले जोखिम प्रिमियम घटाएका छन्, जसका कारण तेलको मूल्यमा गिरावट आएको हो ।
पछिल्ला दिनहरूमा बजारमा उतारचढाव बढिरहेको अवस्थामा यो गिरावट देखिएको हो ।
तर, विज्ञहरूले तत्कालै आपूर्ति स्थिर हुने सम्भावना कम रहेको भन्दै मूल्य पुनः बढ्न सक्ने चेतावनी पनि दिएका छन् ।
उनीहरूका अनुसार सम्झौता भए पनि युद्धपूर्वको आपूर्ति स्तरमा फर्किन समय लाग्नेछ ।
यसैबीच, अमेरिका र इजरायलबीचको तनाव र सैन्य कारबाहीले पछिल्ला महिनाहरूमा ऊर्जा बजारमा अस्थिरता बढाएको थियो ।
उपराष्ट्रपति जेडी भान्सले पनि अमेरिका–इरान वार्तामा प्रगति भएको संकेत दिएसँगै बजारमा गिरावट देखिएको हो ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया