काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ले सत्तापक्षका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन्।

बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट छलफल प्रक्रियामा सरकारले जे ल्याएको छ त्यही स्वीकार गर्नुपर्ने अवस्था बनेको भन्दै सत्तापक्षका सांसदहरू आफ्ना क्षेत्रका विषय उठाउन नसकेको आरोप लगाए। यसले आगामी दिनमा जनताले उनीहरूमाथि प्रश्न उठाउने अवस्था आउन सक्ने उनले बताए।

advertisement

वर्षमान पुन ले ढिलो गरी संसद् अधिवेशन आह्वान भएकाले बजेट केन्द्रित छलफल छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको पनि उल्लेख गरे। सरकारको नियत संसद् छल्ने जस्तो देखिएको भन्दै आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिन ध्यानाकर्षण गराइएको उनको भनाइ थियो।

उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी जस्तो देखिएको भन्दै त्यसभन्दा फरक र प्रभावकारी बजेट ल्याउनुपर्ने धारणा राखे।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com