काठमाडौं । नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वटा वडा कार्यसमितिलाई क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम समयसीमा तोकेको छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्ने वडा सभापतिलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार परिपत्र जारी गर्दै जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका हुन्।

advertisement

परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण समयमै अद्यावधिक गर्न भनिएको छ भने उक्त कार्यको अनुगमन पालिका कार्यसमितिले गर्ने उल्लेख गरिएको छ। साथै, सदस्यता अद्यावधिकमा असहयोग गर्ने वा ढिलाइ गर्ने वडा सभापतिमाथि पार्टी विधानअनुसार वैकल्पिक व्यवस्था गरिने चेतावनी दिइएको छ।

त्यस्तै, सदस्यता अद्यावधिक प्रक्रियामा उदासीनता देखाउने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्यसमितिलाई निर्देशन दिइएको छ।

पार्टीले सदस्यता वितरण र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यसपटक डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ।

यो प्रक्रिया पार्टीको विधान २०१७ (एघारौँ संशोधन) तथा केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको निर्णयअनुसार अघि बढाइएको हो। उक्त परिपत्र ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै पालिका कार्यसमितिलाई समेत जानकारीका लागि पठाइएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com