काठमाडौं । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी अथवा जेथा जमानत राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
मङ्गलबार जारी उक्त आदेशअनुसार धरौटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो। यसअघि विशेष अदालतले २०८२ पुस १७ गते गुप्तालाई थुनामा राख्न आदेश दिएको थियो जसअनुसार उनी डिल्लीबजार कारागारमा रहेका थिए।
यसैबीच, सर्वोच्च अदालत ले पूर्वमन्त्री रन्जिता श्रेष्ठ को हकमा विशेष अदालतले २०८२ फागुन १० गते गरेको आदेशलाई यथावत् कायम राखेको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया