काठमाडौं । सगरमाथा आरोहणमा यस वर्ष नयाँ रेकर्ड कायम हुने संकेत देखिएको छ। ३० वैशाखमा आरोहण खुल्नासँगै हालसम्म ५०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमिसकेको सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले शिलापत्रलाई जानकारी दिएका छन्।

उनका अनुसार यसअघि सन् २०१९ मा एकै दिनमा २२३ जनाले सगरमाथा आरोहण गरेका थिए। अहिले बिहानसम्म चुचुरो नजिक करिब २७० आरोही पुगेका छन् र विस्तृत तथ्यांक रुजु गर्ने काम भइरहेको छ।

advertisement

‘हालसम्मको प्रारम्भिक तथ्यांक अनुसार ५०० भन्दा बढीले आरोहण गरिसकेका छन्, यो नयाँ रेकर्ड बन्ने अवस्था हो,’ गौतमले भने, ‘अनुकूल मौसम र एक्सपेडिसन टिमले समयमै बाटो बनाउने काम सफलतापूर्वक सम्पन्न गरेकाले यो उपलब्धि सम्भव भएको हो।’

पर्यटन विभागका अनुसार यस सिजनमा विभिन्न देशका करिब ७०० जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com