काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको सार्वजनिक शौचालयको अवस्था अत्यन्तै दयनीय देखिएको छ।
बाहिरबाट हेर्दा शौचालय सफा देखिए पनि प्रयोगका लागि आवश्यक आधारभूत सुविधा अभाव रहेको छ। फ्ल्यास गर्न पानीको व्यवस्था नहुँदा आगन्तुकहरू समस्यामा परिरहेका छन्।
त्यसैगरी, ढोकाको चुकुल राम्रोसँग नलाग्ने र पानीको आपूर्ति नहुँदा शौचालय फोहोर हुँदै प्रयोग गर्न अयोग्य जस्तो अवस्थामा पुगेको छ, जसका कारण सेवाग्राहीहरूले थप सास्ती भोग्नुपरेको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया