काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्ने अवसर दिएका थिए ।
सांसद राईले संसद् नियमावलीअनुसार सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने व्यवस्था रहे पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ अझसम्म नआएको गुनासो गरे ।
उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले नै सम्हालेको भन्दै लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले प्रतिनिधिसभामा आएर दिनुपर्ने बताए ।
सांसद राईले जेठ ४ गतेदेखि निरन्तर बैठकमा प्लेकार्ड देखाउँदै प्रधानमन्त्रीबाट जवाफ माग गर्दै आएका छन् ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया