काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राई ले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखको साथ नमिलेको बताए ।
उनले सभामुखको भूमिका निष्पक्ष नभएको आशय व्यक्त गरे ।
सांसद राईले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ) ले प्लेकार्ड देखाउँदा सभामुखले अमर्यादित भनेको तर विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निलो स्कार्फ बाँधेर संसद् आएको बेला सभामुखले त्यसलाई संसदीय र मर्यादित कार्य भनेकोप्रति आपत्ति जनाए ।
“आफैँले गरेको त्यो कदम मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?” भन्दै उनले सभामुखको दोहोरो मापदण्ड भएको आरोप लगाए । सांसद राईले सभाको मर्यादा कायम राख्ने दायित्व सभामुखकै भएको समेत बताए ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया