काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले बाँदरको बढ्दो आतङ्क नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम नचाले संसद् बैठक नै अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले बाँदरका कारण ग्रामीण भेगका नागरिकको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गरे। सांसद राईले यस विषयमा पटक–पटक संसदमा आवाज उठाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए।

advertisement

उनले एक साताभित्र ठोस योजना र कार्यान्वयन अघि नबढाए संसद् सञ्चालनमा अवरोध सिर्जना हुने चेतावनी दिए। ‘जनताको दैनिक जीवनसँग जोडिएको यस्तो गम्भीर समस्या हुँदा पनि सरकार मौन बस्न मिल्दैन,’ उनले भने।

सांसद राईले मानिसले गल्ती गरे कानुनअनुसार कारबाही हुने तर सर्वसाधारणको खेतीपाती नष्ट गर्दै दुःख दिने बाँदर नियन्त्रणमा सरकार किन उदासीन बनेको हो भन्ने प्रश्न उठाए। उनका अनुसार बाँदरका कारण धेरै परिवार खाद्यान्न संकटमा परेका छन् भने किसानको उत्पादनसमेत नष्ट भइरहेको छ।

‘आज गाउँघरमा बाँदर आतंकले मानिसहरू उठिबास लाग्ने अवस्था छ। किसानले दुःख गरेर लगाएको बाली जोगाउन सकिरहेका छैनन्,’ उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएको यो समस्या समाधान गर्न सरकार गम्भीर हुनैपर्छ।’

राईले बाँदर नियन्त्रणका लागि आवश्यक जुनसुकै कदम चाल्न सरकार पछि हट्न नहुने उल्लेख गर्दै नागरिकलाई तत्काल राहत दिलाउन माग गरे।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com