काठमाडौं। नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकारले एक हप्ताभित्र बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो समस्या निम्त्याए पनि सरकार गम्भीर नभएको आरोप लगाए ।
उनले भने, “बदमासी गर्ने मानिसलाई पुलिसले बाँधेर जेल हाल्छ, तर जनतालाई सास्ती दिने बाँदरलाई किन नियन्त्रण गर्दैन ?”
सांसद राईले बाँदरले सयौँ परिवारको उठिबास लगाएको, दालभात खान नपाउने अवस्था सिर्जना गरेको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराए ।
उनले बाँदर आतङ्क नियन्त्रणका लागि जुनसुकै कदम चाल्न पनि सरकार पछि नहर्नुपर्ने बताए ।
सांसदहरूले बारम्बार यो विषय उठाउँदा पनि सरकारले वास्ता नगरेको भन्दै राईले सात दिनभित्र उचित कदम नचालिए संसद् बैठक सञ्चालनमा अवरोध पुग्ने स्पष्ट चेतावनी दिएका छन् ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया