काठमाडौं। पूर्व गृहमन्त्री तथा सांसद सुधन गुरुङ ले आफूविरुद्ध छानबिन समिति गठन भएपछि सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू पूर्ण रूपमा ढुक्क रहेको बताएका छन्। उनले यदि आफूबाट कुनै गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा जोगाउने छैन र कानुनी कारबाही गर्ने पनि दाबी गरे।

पत्रकारहरूसँग कुरा गर्दै सुधन गुरुङ ले आफ्नो सरकार र पार्टीभित्र कसैलाई पनि उन्मुक्ति नदिने नीति रहेको उल्लेख गरे। उनले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रममन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन। पहिलेका दलहरूजस्तो म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन।”

advertisement

गुरुङका अनुसार छानबिन समिति गठन हुनुअघि नै पार्टीका शीर्ष नेताहरूले उनलाई सम्भावित अनियमितताबारे प्रश्न गरेका थिए। उनले भने, “गलत भएको भए तपाईंलाई कारबाही हुन्छ भनेर पहिले नै भनिएको छ। म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”

उनले आफूविरुद्ध लागेको आरोप राजनीतिक रूपमा नियोजित नभई सत्यतथ्य पत्ता लगाउने प्रक्रिया भएको विश्वास व्यक्त गरे।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एलिजा गुरुङले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल ‘चिनो’ को उद्घाटन गरेकी छन्। उक्त पसलले स्थानीय उत्पादन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाइएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com