काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा वैद्यले ५६ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका छन् ।
यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधानले ६१ मतसहित विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार मतगणनाको सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको छ भने निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा समेत गरिएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया