जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत सदस्यहरूले उनको पक्षमा मतदान गर्दै सरकारलाई निरन्तरता दिएका हुन् ।

विश्वासको मतका क्रममा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा कुल १०० जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

advertisement

सरकार विस्तारका क्रममा नेकपा एमालेलाई सहभागी गराएपछि मुख्यमन्त्री यादवलाई एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त भएको हो ।

उता, जनता समाजवादी पार्टी (जसपा) नेपालले भने मुख्यमन्त्री यादवविरुद्ध मतदान गरेको छ । आफ्ना मन्त्रीहरूलाई सरकारबाट हटाइएको र विश्वासको मतबारे औपचारिक रूपमा छलफल नगरेको भन्दै जसपा नेपाल असन्तुष्ट बनेको हो ।

यस्तै, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यहरूले पनि सरकारको विपक्षमा मतदान गरेका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com