काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
यसको प्रभावले अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने मधेससहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। यी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी र मधेसका केही स्थान तथा बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया