काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जनतालाई निराश हुन नदिने बताएका छन्। पर्वतको कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम गरिरहेको दाबी गरे।
उनले देशमा रहेका बेथिति र विसंगति अन्त्य गर्न जनताले पार्टीलाई करिब दुईतिहाइ बहुमत दिएको उल्लेख गर्दै विपक्षीको विरोधका बाबजुद ती समस्या समाधान गरेरै छाड्ने बताए।
बुर्लाकोटीले जनताको निराशालाई आशामा बदल्न भाषणभन्दा काम आवश्यक रहेको भन्दै सरकारको कामको परिणाम हेर्न कम्तीमा छ महिना पर्खन आग्रह गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सागर भुसालले पर्वतको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपरेको बताए। साथै, पालिका सचिवालय सदस्य नियुक्तिबारे भएको आलोचनापछि उक्त समिति तत्काल विघटन गरिएको घोषणा पनि गरे।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया