काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गब्बार्डले पदबाट राजीनामा दिएकी छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको पत्रमा आफ्ना श्रीमान्‌लाई दुर्लभ हड्डीको क्यान्सर देखिएको कारण परिवारसँग समय बिताउन राजीनामा दिएको उल्लेख गरेकी छन् ।

राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत गब्बार्डले ३० जुनदेखि प्रशासन छोड्ने पुष्टि गरेका छन् । उनले गब्बार्डको कार्यसम्पादनको प्रशंसा गर्दै उनको योगदान स्मरणीय रहने बताएका छन् । अब कार्यवाहक निर्देशकको जिम्मेवारी उपनिर्देशक आरोन लुकासले सम्हाल्ने जनाइएको छ ।

advertisement

गब्बार्ड सन् २०१३ देखि २०२१ सम्म डेमोक्रेट सांसद थिइन् । पछि उनले डेमोक्रेटिक पार्टी छोडेर ट्रम्पलाई समर्थन गरेकी थिइन् । इराक युद्धमा सैनिक अनुभवका कारण उनी अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा खुलेर बोल्दै आएकी थिइन् ।

उनको कार्यकाल विवादरहित भने थिएन । भेनेजुएला र इरानसम्बन्धी विषयमा प्रशासनसँग मतभेद देखिएको थियो भने केही निर्णय र गतिविधिमाथि आलोचना पनि भएको थियो । यद्यपि रिपब्लिकन नेताहरूले उनको नेतृत्व र जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com