काठमाडौं। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिइकी छन् ।
जारी सचिवालय बैठकमा बोल्दै पूर्वउपाध्यक्ष शाक्यले ओलीले तीन कार्यकाल अध्यक्ष पद सम्हालिसकेको भन्दै अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन् ।
उनले ओलीमा दम्भ, घमण्ड र गुटगत सोच अझै कायम रहेको आरोप लगाउँदै शास रहुन्जेल अध्यक्ष भइरहने सोच गलत भएको टिप्पणी गरिन् ।
शाक्यले भनिन्, “कमरेड ओली, एमाले तपाईंको व्यक्तिगत पेवा होइन, गुटको कम्पनी पनि होइन । यो पार्टी लाखौं कार्यकर्ताको बलिदान र संघर्षबाट बनेको हो ।”
उनले पार्टी अहिले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
शाक्यले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिन ओलीलाई सुझाव दिँदै भनेकी छन्, “अन्धकारमा डुब्न लागेको एमालेलाई पुनर्जीवित गर्न सकिन्छ, तर व्यक्तिको गुणगान र चाकरीमा समय खर्च गर्ने होइन ।”
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया