तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल एपीएफ अस्पताल बलम्बु पुगेर उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सशस्त्र प्रहरी बलले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार उनीहरू शुक्रबार अस्पताल पुगेर तालिमका क्रममा बेहोस भएका प्रशिक्षार्थीहरूको उपचार र स्वास्थ्य प्रगतिबारे चिकित्सकसँग छलफल गरेका हुन्।

advertisement

कैलालीको टीकापुरस्थित तालिम केन्द्रमा अभ्यासका क्रममा ६ जना प्रशिक्षार्थी अचानक बेहोस भएपछि उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

हाल उपचाररत सबै प्रशिक्षार्थीको होस खुलेको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पनि बताइएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com