जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारास्थित कलैयामा आयोजित बैठकका क्रममा शनिबार विवाद उत्पन्न भएको छ । जिल्ला अधिवेशनको तयारीका विषयमा छलफल गर्न बोलाइएको कार्यक्रममा संस्थापन पक्षले दबाबमूलक व्यवहार गरेको आरोप लगाउँदै केही सहभागीले असन्तुष्टि जनाएपछि तनाव सिर्जना भएको हो ।

रास्वपाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारीका अनुसार कार्यक्रम जिल्ला अधिवेशन केन्द्रित छलफलका लागि आयोजना गरिएको थियो । बैठकका क्रममा एक समूहले अवाञ्छित गतिविधि गर्दै वातावरण बिथोल्ने प्रयास गरे पनि कार्यक्रम निर्धारित कार्यसूचीअनुसार सम्पन्न भएको उनले बताए ।

advertisement

अन्सारीले पार्टीबाट निष्कासित केही व्यक्तिहरूले होहल्ला गरेर कार्यक्रम प्रभावित पार्न खोजेको आरोप समेत लगाए । उनले सांसदहरूलाई कार्यक्रमस्थलबाट लखेटिएको भन्ने प्रचार निराधार रहेको जिकिर गरे ।

विवाद चर्किएपछि सुरक्षाका दृष्टिले प्रहरीले काठमाडौंबाट आएका अतिथिहरूलाई केही समय नजिकैको कोठामा बस्न सुझाव दिएको पनि उनले जानकारी दिए ।

उक्त कार्यक्रममा काठमाडौंबाट नेता राजन शर्मा, कामनी चौधरी लगायत मधेश प्रदेशका नेताहरूको उपस्थिति रहेको थियो ।

यसअघि वैशाख २७ गते रास्वपा केन्द्रीय समितिले बाराको जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com