काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बिहान ११ः३० बजे बैठक सुरु हुने तय भएको छ।
उपमहासचिव लेखराज भट्टका अनुसार शनिबार नेताहरूको बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो। बैठकमा उठेका विभिन्न प्रश्नहरूको जवाफ आज अध्यक्ष ओलीले दिने कार्यक्रम रहेको छ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र चार सचिवले आफ्नो धारणा राखेका थिए। शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया