काठमाडाैं । राप्रपानिकट विद्यार्थी संगठनका पूर्वकेन्द्रीय सह–संयोजक उमेश सिंह बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाको केन्द्रीय मानव विकास प्रवर्द्धन विभाग सदस्यको जिम्मेवारी दिइएको छ ।

२०६२/०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकालीन समयदेखि नै सक्रिय बिष्टले राप्रपा नेपालनिकट विद्यार्थी संगठनमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसयता उनले सडक आन्दोलनदेखि विश्वविद्यालयस्तरको राजनीतिसम्म सक्रिय भूमिका निर्वाह गर्दै संगठन विस्तार र राष्ट्रवादी अभियानमा योगदान दिएको बताइएको छ ।

advertisement

बिष्टले संगठनमा इकाइ अध्यक्ष, प्रदेश इन्चार्ज, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष हुँदै केन्द्रीय सह–संयोजकसम्मका विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै, उनले पूर्वमन्त्री उद्धव थापा तथा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको स्वकीय सचिवका रूपमा समेत काम गरेको अनुभव रहेको छ ।

डेढ दशकभन्दा लामो राजनीतिक यात्रापछि रास्वपामा प्रवेश गरेका बिष्टले मानव विकास, जनसेवा र सकारात्मक परिवर्तनका लागि इमान्दार र प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

नयाँ जिम्मेवारीप्रति आभार व्यक्त गर्दै उनले पार्टी नेतृत्व, सहकर्मी, परिवार, आफन्त तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com