काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य व्यवसायी दुर्गा प्रसाईँ र पूर्व युवराज पारस शाहबीच भेटघाट भएको छ।

प्रसाईँले उक्त भेट अर्थपूर्ण रहेको बताएका छन्। शनिबार शाहसँग भेट भएको प्रसाईँले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

advertisement

भेटमा दुबैबिच देशको पछिल्लो राजनीतिक तथा आर्थिक विषयमा कुराकानी भएको प्रसाईँले बताए। एमाले छोडेर राप्रपामा प्रवेश गर्न लाग्नुभएको हो भन्ने हाम्रो प्रश्नमा प्रसाईँले भने, ‘होइन।’

प्रतिनिधि सभा निर्वाचनमा झापा–३ बाट चुनाव लड्न तयारी गरेका प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि असन्तुष्ट रहँदै आएका छन्। झापा–३ मा एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाएको थियो।

 

प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com